अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ५० वटा नमुना सामुदायिक आवास निर्माण

वृजमान तामाङ

विरेन्द्र बजार , २७ भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ५० वटा नमुना सामुदायिक आवास निर्माण कार्य थालिएको छ ।

गरिब, असाय र अति बिपन्न परिवारको लागि हयावीटयाट फर हयुमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बकधुवाले नमुना सामुदायिक आवास निर्माण कार्य थालेको हो ।

कम लागतमा बिपत प्रतिरोधक, सुलभ, सुरक्षित तथा दिगो आकर्षक आवास निर्माण हुने भएपछि नमुना सामुदायिक आवास निर्माण शुरु गरेको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले बताए ।

२ लाख ८४ हजारमा सुबिधा सप्पन्न र सुरक्षित आवास निर्माणका लागि स्थानीय श्रोत र साधनको बढी उपयोग गरिएको महुली सामुदायिक बिकास केन्द्र बकधुवाका कार्यकारी सचिव प्रभु नारायण चौधरीले बताए ।

सामुदायिक आवासका लागि गाउँपालिकाले ७५ लाख र हयाबिटयाट फर हयुमानिटी नेपाले ५० लाख र बाकी महुली सामुदायिक बिकास केन्द्रको लगानी रहेको उनलेे जानकरी दिए ।

२ बिगाहा १८ कठ्ठा क्षेत्रफलमा निर्माण कार्य शुरु भएको नमुना आवास ५० परिवारका लागि १५ धुरको दरले जग्गा उपलब्ध गराएको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले जानकारी गराए ।

गाउँपालिका अन्तर्गतका दलित समुदाय भित्रका अति बिपन्न, असाय, एकल महिलाका ५० परिवारलाई आगामी फागुन महिना सम्म आवास हस्तान्तरण गरिने बताए ।

कम लगानीमा राम्रो सुरक्षित र आकर्षक सुबिधा सम्पन्न आवास निर्माण हुने भएकाले संस्था संग सझेदारी गरि ६ वटै वडामा पहिलो चरनमा १० वटा बिपन्न परिवारका लागि आवास निर्माणको योजना गाउँपालिकाले ल्याएको बताए । आवास निर्माण कार्यलाई थप प्रभावकारी गुणस्तरीय बनाउन सुझावका लागि समय समयमा अनुगमन तथा निरीक्षण समेत गराउदै आएको महुली सामुदायिक बिकास केन्द्रले जनाएको छ ।

आवास निर्माणको बारे शुक्रबार जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव नेतृत्वको जिल्ला स्तरीय टोलि अग्निसाईर कृष्णासवन ४ स्थित कटाहाभेडिया पुगेका छ्न । टोलिले स्थलगत निरीक्षण गर्दै कार्यक्रमलाई निरन्तरता दिन जोड दिदै प्रशोधित बास सहितका स्थानीय सामाग्री प्रयोगले बन्ने घर जिल्लाका अन्यपालिकाहरुमा बिस्तार गर्न सरोकारवालालाई अग्रह गरे ।

अनुगमन टोलिमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, जिल्ला समवन्य अधिकारी नवराज खड्का, हयाबिटेट फर हयुमानिटीका कार्यक्रम संयोजक राम प्रकाश सिंह दनुवार, सिनियर प्रजेक्ट ईन्जिनियर बिजय प्रसाद गुप्ता, कार्यक्रम अधिकृत राजिब बर्मा, नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिब चन्दन यादव, सदस्य बृजमान तामाङ कृष्णा देब यादब र स्थानिय जनप्रतिनिधिले स्थलगत अनुगमन गर्दै पासा समूह, उपभोक्त समिति , आवास ब्यबस्था मुल समितिसंग भेटघाट गरि छलफल गरेको महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक लिला प्रसाद निरौलाले जानकारी दिए ।

नमूना सामुदायिक आवास निर्माण कार्यक्रमलाई स्थानीय सरकारको ५० प्रतिशात सहयोगमा जिल्लाभर बिस्तार गर्ने योजना बनाएको निरौलाले जानकारी गराएका छ्न ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com