अग्निसाईर कृष्णासवरन गापामा किसानलाई नगद सहित कम्पोष्टकीट हस्तान्तरण

वृजमान तामाङ

बिरेन्द्र बजार, १० कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका ८ जना किसानलाई नगद पन्द्र हजार सहित कम्पोष्टकिट हस्तान्तरण गरेको छ ।

ओपन नेपालको सहयोगमा स्पाईरल फार्म हाउस बशन्तपुरद्वारा आइतबार किसानहरुलाई नगद र उपकरण सहयोग गरेको हो ।

स्पाईरल फार्म हाउसका संचालक सुदर्शन चौधरीको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले किसानहरुलाई सहयोग हस्तान्तरण गरे ।

कृषि उपकरण र नगद हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले आर्गानिक मल उत्पादन र प्रयोगमा किसानहरुलाई प्रत्साहन गर्न नगद र कृषि उपकरणको सहयोगले टेवा पुग्ने बताए । उनले स्पाईरल फार्म हाउसले गाउँपालिकाले समेत गर्न नसकेको काम गरेको भन्दै प्रशंसा गरे । उनले किसानहरुलाई आर्गानिक मल उत्पादन र प्रयोगका लागि पुर्ण सजयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरे ।

अग्निसाईर कृष्णासवरन ६ का वाडा अध्यक्ष कुसुम आचर्यले आर्गानिक मल उत्पादनले वडामा मलखादको समस्य सामाधन भएको बताईन ।

कार्यक्रममा भृगृनाथ चौधरी, जागेश्वार चौधरी, चन्दन चौधरी, गिरिजा चौधरी, ललित चौधरी, सुखिलाल चौधरी र बिजय चौधरीलाई नगद र कृषि उपकरण प्रदान गरेको आयोजकले जनाएको छ ।

 

मास्टर डिग्री गरेका स्पाईरल फार्म हाउस बशन्तपुरका संचालक चौधरीकोले बिगत ७ बर्ष देखी गाउँमै कम्पोष्ट मल उत्पादन र बिक्री बितरण गर्दै आएका छ्न । उनले सिपिपी, कम्पोष्टिक, बिडि ५००, भर्मी कम्पोष्ट, सोलिङ कम्पोष्ट गरि ६ किसिमका मल उत्पादन गर्दै आएका छ्न ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com