अग्नीसाईर कृष्णसवरनमा रोकिएन हात्ती आतंक ; दैनिक दजनौ घरमा तोडफोड

बृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , ८ जेठ । सप्तरीको अग्नीसिाईर कृष्णासवरन गाउँपालिकामा जंगली हात्तीको आतङ्कले स्थानीयवासी त्रसीत भएका छन ।

एकसातादेखी मध्यरातमा जंगली हात्तीको समुह गाउँमा पसेर घर तोडफोड गर्न थालेपछी स्थानीय वासी हात्ती आताङ्कले त्रसीत भएका हुन ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका र रुपनी गाउँपालिकामा मंलवार राती हात्तीले आधादर्जन घरमा आक्रमण गरी लाखौको क्षती गरेका छन । तीवटा हात्तीको समुहले अग्नीसाईर कृष्णासवरन वडा नम्वर २ का दिपक विश्वकर्मा, मान वहादुर तामाङ, जाकिर मियाँ, आशिष चौधरी, वल वहादुर तामाङको घर तोडफोड गरेका छन ।

यस्तै रुपनी गाउँपालिका वडा नम्वर ६ का जगरुप यादव र डिक वहादुर यसमाली मगरको घर तोडफोड गरेका छन । एकहप्ता देखी हात्ती गाउँ पसेर दैनिक जस्तो दर्जनौ  घर भत्काएर गरिव दुखीले दिनभर वनिवुतो गरेर घरमा भण्डारण गरेको अन्नपात खाने, नष्ट गर्ने, भाँडाकुडा किल्चेर क्षती गर्ने गरेको स्थानियले वताएका छन ।

मध्यरातमा एक्कासी हात्तीले घरमा आक्रमण गर्दा भागभाग गरेर ज्यान जोगाउनु पर्छ हात्ती प्रभावित क्षेत्रका भक्त वहादुर तामाङले भने, हात्ती आएको थाहा हुनेसाथ घरपिच्छे आगो वालरे धपाउदै रातभर जागाराम वस्नु परेको छ । हात्तीले कतिवेला किल्चेर मार्ने हो भन्ने त्रासले रातभर अनिदो वस्नु परेको उनले दुखेसो सुनाए ।

हात्ती प्रभावित क्षेत्रका वासिन्दाको ज्यान जोखिममा पर्दा समेत स्थानीय स्तरवाट सामान्य राहत वाहेकका नियन्त्रणको दिगो सामाधानको पहल सम्म नगरेको स्थानीय वासीले वताएका छन ।

हात्ती आउछ भनेर थाहा पाएलगतै सजग हुने भएकोले हाल सम्म अप्रिय घटना नभएको तथा मानविय क्षति हुन नपाएको अग्नीसाईर कृष्णासवरन गउँपालिका वडा नम्वर २ का वडा सदस्य श्रीकुमारी चौधरीले जानकारी दिईन । एकहप्ता देखी हात्ती गाउँमा प्रवेश गरी स्थानीय वासीलाई आतांकित पारी रहदा समेत सम्वन्धि निकायले नियन्त्रणको प्रयासमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन ।

हात्तीका कारण गाउँमा रातभर जाग्रामवसी सास्ती खेप्नु परेको उनीहरु दुखोसो सुनाउछन । दैनिक जसो हात्ती गाउँमा प्रवेश गरी घर तोडफोड, धानको भकारी उठाएर लाने, अन्नवाली खाने, किसानले लगाएको तरकारी र वालीनाली नष्ट गर्ने गरेको स्थानीय भवानी प्रसाद चौधरीले वताए ।

यस्तै हात्तीले सशस्त्र प्रहरी वल नेपाल सुरक्षा वेसक्याम्प संगै जोडिएको स्वास्थ्य चौकी सितापुरमा समेत सोमवार राती तोडफोड गरेको स्वाथ्य चौकी प्रमुख हरि नारायण चौधरीले वताए । यसअघी हात्तीले घर भत्काउदा डुम्जसिंह तामाङको ९ जनाको परिवारको विचल्ली वनाएका थिए । अहिले सम्म उनको परिवारजनको पुर्नास्थापना हुन सकेको छैन । हात्तीद्धारा वमभोल चौधरीको खेतमा लगाएका वोडिङ्ग उखालेर फ्यालेका थिए । यस्तै सोम वहादुर तमाङको भान्साघरमा तोडफोड गरेको छ भने साहाविर चौधरीको आँप वगैचामा पाले वस्ने घर भत्काउनु साथै चामाल खाएका थिए । स्थानीय वासीका अनुसार हात्ती अहिले पनि गाउँजिकैको वन क्षेत्रमा वस्दै आएका छन । आत्तीले गत मंसिर देखी पटक—पटक सप्तरीको उत्तरी क्षेत्रमा हिंसक रुपमा प्रस्तुत भई ठूलो जनधनको क्षति गर्दा समेत सम्वन्धित निकाय भने मौन छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com