अग्नीसाईर कृष्णासवरण गा.पा. को वार्ड नं. ६ रतवलामा बन्ने भयो आाँप प्रशोधन केन्द्र

बोधराज सुवेदी

महुली,२७ मंसिर । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँ पालिकाको वार्ड नं. ६ स्थित रतवलामा आँप प्रसोधन केन्द्र स्थापना हुने भएको छ।

साविकको वकधुुवा गाविसको वार्ड नं ८ रतवलामा अवस्थित २४ विगाह खाली जग्गा मध्ये उत्तर तर्फको तीन विगाह क्षेत्रफलमा सो केन्द्रको भवन बन्ने भएको हो ।

विहिवार निर्माणस्थलमा आयोजित एक कार्यक्रमका वीच राष्ट्रिय सभाका सदस्य तथा नेकपाका नेता माननिय सांसद सुमनराज प्याकुरृलले उक्त केन्द्रको शीलन्यास गरेका हुन्।
नेपाल सरकार संघीय ममिला तथा सामान्य प्रशासना मञ्त्रालय अन्तरगत तराई मधेश समृद्धि कार्यक्रमको ९० र स्थानिय सरकार अर्थात गाउँ पालिकाको १० प्रतिसतको साझेदारीमा जम्मा २५ लाखको वजेटमा सो केन्द्रको प्रारम्भिक कार्य शुरु हुन लागेको वार्ड नं. ६ की वडा अध्यक्ष कुसुम सापकोटाले जानकारी दिइन्।

चालु आ.व. भित्र स्टिीमेट बमोजिमको कार्य सम्पन्न हुने गरी शुरु भएको सो दीर्घकालिन योजनाको पूर्वाधार निमार्णको सम्पूर्ण लागत पाँच करोड रहेको जनाइएको छ। गाउँ पालिकाका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि माननिय सांसद प्याकुरेलले प्रशोधन केन्द्रको भौतिक, प्राविधिक तथा वजार विकासकोलागि आवश्यक सम्पूर्ण वजेटको ब्यवस्था गर्न संघिय सरकारसंग पहल गर्ने आश्वाशन दिए।

स्थानिय बोधराज सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा साविक हरिहरपुर र बकधुवा गाविसका पूर्व अध्यक्ष द्धय वद्री नारायण चौधरी र मोतिलाल चौधरी लगायतले उक्त केन्द्रको सफल निर्माण तथा सञ्चालनको शुभकामना दिए भने वडा नं. ६ की अध्यक्ष सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरिन्।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com