अटोरिक्सामा आगो लगाको आरोप ६ जना पक्राउ

ब्रिजमान तामाङ

बिरेन्द्र बजार,२८ असोज । सप्तरीको कंचनपुरबाट अटोरिक्सामा आगो लगाको आरोपमा ६ जना पक्राउ परेका छन ।

कंचनरुप ८ का बलराम खत्वेको स१ ह ३२३४ नम्बरको अटोरिक्सामा आगो लगाएको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेका हुन ।

पक्राउ पर्नेमा स्थानीय २६ बर्षका सोनु मंडल, सागर चौधरी, जयप्रकाश चौधरी, महनारायण खंग, संतोष चौधरी र रमेश खंग रहेका छ्न । उनीहरुलाई मंगलबार ईलाका प्रहरी कार्यालय कंचनपुरले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो ।

अटोधनीसंग आपसी बिबाद भइ प्रतिसोध साध्नका लागि आटो धनिले घर आगाडी बाटोमा पार्किङ गरेर राखेको ठाउँबाट ३ सय मिटर उत्तर पुर्व बाँस झ्याङमा लगेर आगोलागाएको प्रहरीले जनाएको छ ।

अटोमा आगो लगाउने मुख्य योजनाकार सोनु मंडल र सागर चौधरी सहित ६ जनालाई पक्राउ गरि उनिहरुलाई कानुन बमोजिम कार्बाही अगाडि बडाएको र घटनामा सलग्न अन्य दुईजनाको खोजी भैइरहेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

स्थानीय दुर्गा भगवती मेलामा असोज २० गते धक्का दिएको बिषयमा झगडा हुदा आगो लगाउने धम्की दिएको दुई दिन पछि ८ जनाको समूहले अटोमा आगो लागाएको प्रहरी अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेका ६ जाना ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा रहेका छ्न ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com