अति बिपन्नको घर निर्माणमा तेस्रो दिन पनि अमेरिकन टोली ब्यस्थ

बृजमान तामाङ

बिरेन्द्र बजार, २८ कार्तिक । अति बिपन्न समुदायको घर बनाउन सघाउन अग्निसाईर कृष्णासवरन गाउँपालिकाआएको अमेरिकन टोली तेस्रो दिन समेत काममा ब्यस्थ देखिएका छ्न ।

गाउँ पालिका स्थित ४ नम्बर वडाको कटाहा भिडियामा अति बिपन्न समुदायका५० परिवारका लागि निर्माणधिन घरको काममा उनीहरु क्रियाशिल देखिएका हुन ।

तातो घामको समेत प्रवाह नगरी बेल्चा, कोदालो र खुकुरी लिएर पासिना बगाउदै उनीहरु निरन्तर खटिएका छ्न । बिपन्न समुदायको घर निर्माणका दाता समेत रहेका १६ जना अमेरिकन नागरिक श्रमदान गर्न नेपाल आएको महुली सामुदायिक बिकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरीले बताए ।

उनिहरु एक हप्ता सम्म स्वयंसेवकको रुपमा काम गरि स्वदेश फर्कने चौधरीले जानकारी दिए । अमेरिकन नागरिकले घर बनाउन सघाएर गरिबको निम्ति केहि योगदान गर्नुपर्छ भनी बाटो देखाएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बताए ।

गाउँपालिका, हयाबिटेट फर हुम्यानिटी नेपाल र महुली सामुदायिक बिकास केन्द्र बक्धुवाको संयुक्त प्रयासमा ५० घर निर्माण गरि अतिबिपन्न समुदायलाई हस्तान्तरण गर्न लागिएको छ ।

स्थायी श्रोत साधान उपयोग गरि कम लगानीमा सुरक्षित र सुबिधा सम्पन्न आवास बन्ने भएपछि छ्नौट भएका परिवारका सदस्यहरु घर निर्माण कार्यमा जुटेका छन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com