अधिकारका लागि सशक्त बिद्रोह गर्नुपर्छ : अध्यक्ष गोले

वृजमान तामाङ 

बिरेन्द्र बजार, ९ असोज । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले अधिकार प्राप्तिको लागि सशक्त बिद्रोह गर्नुपर्ने कुरा बताएका छ्न ।

सप्तरीको अग्निसाईर कृष्णसवर गाउँ पालिकामा बिहीबार नेपाल तामाङ घेदुङ सप्तरीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

राज्यको चरम बिभेदकारि नीतिका करण तामाङ पछाडी परेको बताउदै अध्यक्ष गोलेले नश्लबादी साशक विरुद्ध संघर्ष गर्नु आबश्यकता औलाए । तामाङ आफै पछाडी परेको हैन गोलेले भने, तामाङलाई दबाईएको हो । अब तामाङले अधिकार लिनको लागि सशक्त रुपले बिद्रोह गर्छ । तामाङलाई जगुरुक गर्दै आन्दोलनको तयारीमा नेपाल तामाङ घेदुङ अगाडि बढेको जानकारी दिदै कार्यक्रमका प्रमुख अतिथी संघीय अध्यक्ष गोलेले अधिकारको लागि अन्तिम लडाईका लागि तयार रहन अग्रह गरे ।

नेपाल तामाङ घेदुङ संघीय बरिष्ठ उपाध्यक्ष बेलि लामाले बर्तमन सरकार तामाङ बिरोध भएको आरोप लगाए । आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य एबम घेदुङका संघीय सचिब रामकृष्ण ब्लोनले सरकारले आदिबासी जनजातिको अधिकार खोस्दै गएकोले अधिकारका लागि सचेत रहन आग्रह गरे ।

नेपाल आदिबासी महासंघ प्रदेश नम्बर २का उप संयोजक दिल कुमारी चौधरीले आदिबासीलाई उत्तेजित नपार्न सरकारलाई अग्रह गरे ।

नेपाल तामाङ घेदुङ जिल्ला समवन्व समिती सप्तरीका अध्यक्ष सन्तमान गोले तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा घेदुङका संघीय भिम बहादुर तामाङ, पुर्व केन्द्रिय सदस्य खडग बहादुर तामाङ, आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, थारु कल्याणकारी सभा सप्तरीका सभापति शिव नारायण थारु, अग्निसाईर कृष्णासवरन २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरी,नेपाल मगर संघ सप्तरीका सचिब पुरुशोतम बलाम्पाकी मगर, दनुवार जागरण समितिका सप्तरीका सचिब उपेश सिंह दनुवार, नेपाल आदिवासी जनजाति महासंघ अग्निसाईर कृष्णा सवरनका अध्यक्ष कल्पना चौधरी, खडकका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरे ।

नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङले संचालन गरेको कार्यक्रममा स्वागत रुपनी गाउँपालिका लाल बहादुर तामाङले गरे । यश अघि नेपाल तामाङ घेदुङ रुपनी गाउँपालिकाबाट विभिन्न नारा लगाउदै निकालिएको रयाली बजार परिक्रमा गरि चाद्नी चौक स्थित कार्यक्रममा पुगेको थियोे । कार्यक्रममा भाबी नीति तथा कार्यक्रम सहितको कार्ययोजना बनाउन बन्दसत्र चलिरहेको नेपाल तामाङ सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com