अन्जना बिसुन्केको कविता - "खै म कसरी हाँसाैँ ? "

अन्जना बिसुन्केको कविता – “खै म कसरी हाँसाैँ ? “
अाज विश्व हाँसो दिवस रे खै म कसरी हाँसाैँ ??
पल्लाे घरकाे अामाले छाेरा गुमाएको देखे
एक श्रीमतीले अाफ्नाे श्रीमान गुमाएकाे देखे
अाफ्नाे हाँसाेकाे लागि अरुकाे हाँसाे खाेसेकाे देखे
खै म कसरी हाँसाैँ ??

हाँस्न् खाेज्दा एकाेहाेराे शङ्खकाे अावाज सुने
घर बाहिर निस्कि हेरे मलामीकाे लहर देखे
उस्लाई अाज सेताे साडीमा सजिएको देखे
दैब पनि कति निष्ठुरी कसैलाई हाँसाे कसैलाई अाँसु
खै म कसरी हाँसाैँ ??

बाटाेमा हिडिरहे जता ततै बलत्कार काे हल्ला सुने
न्याय दिने न्यायलयले खाेक्रा भाषण गरिरहेकाे सुने
राज्य सत्तामा कुर्सीकाे लागि तछाड मछाड गरेकाे देखे
मेराे देश अाज अन्धकारकाे भुमरीमा रुमलिएकाे देखे
खै म कसरी हाँसाैँ ??

अाज नेपाल र भारत बीचकाे सिमाना मेटिएकाे देखे
अाज मेराे पुर्खाकाे रगत मिसिएको माटाे बेचिएकाे देखे
दिनाैँ दिन हजारौं युवा खाडी मुलुक धक्लिएकाे देखे
दिनाैँ दिन हजारौं युवा बाक्समा प्याक भई झरेकाे देखे
खै म कसरी हाँसाैँ ??

यहाँ नेपाली नेपाली बीच द्वन्दै द्वन्द्व  र बन्दै बन्द देखे
यहाँ जताततै भ्रष्टाचार र निमुखा वर्ग ढलेकाे देखे
यहाँ मनले मनलाई बुझ्ने अाभाष अाज खसेकाे देखे
द्वन्द र बन्दले ती निमुखा वर्ग राेएकाे अासु देखे
खै म कसरी हाँसाैँ ??

अाज विश्व हाँसो दिवस रे खै म कसरी हाँसाैँ ??
पल्लाे घरकाे अामाले छाेरा गुमाएको देखे
एक श्रीमतीले अाफ्नाे श्रीमान गुमाएकाे देखे
अाफ्नाे हाँसाेकाे लागि अरुकाे हाँसाे खाेसेकाे देखे
खै म कसरी हाँसाैँ ??

लेखक :- अन्जना बिसुन्के
सप्तरी ,महुली

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com