अपाङ्ग परिवारलाई सहयोग गर्न जुटे इन्द्रेणी सांस्कृतिक टोली

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , १४ भदौ ।

               सुख संग बाच्ने रहर कसलाई हुदैन र तर कञ्चनरुप नगरपालिका ८ कञ्चनपुरका कुलेश्वर राउतको परिवारलाई सुख भन्ने कुरा सपना नै भएको छ ।

                उनको परिवारमा ४ जना सदस्य रहेका छन् त्यसमा पनि चारै जना अपांग छन् ।

                कुलेश्वर राउतका २ छोरा र १ श्रीमती छन् । आफू त अपांग भए भए श्रीमतीको पाठेघर खसेको छ भने १ छोरा हिड्न सक्दैनन् भने १ छोरा सुस्त मनस्थितिका छन् ।

राउतका अपाङ्ग छोरा सुरज ह्वील चेयरमा

                     अपाङ्ग भए पनि कुलेश्वरले सिटि रिक्सा चलाएर परिवारलाई दुखका साथ गुजारा चलाउदै आएको समयमा बिहीबार इन्द्रेणी सांस्कृतिक विकास केन्द्र काठमाडौं बाट कृष्ण कडेलको नेतृत्वमा आएको टोलीले राउतकै निवासमा आई कार्यक्रम संचालन गरी गरिब दुखि र अपाङ्गलाई सहयोग गर्न सबैलाई आग्रह गर्दै कार्यक्रम स्थलमै आर्थिक रकम संकलन गरी नगद रु. ६३ हजार उठाई राउतको परिवारलाई हस्तान्तरण गरेकाछन् । कडेलले देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु संग आर्थिक संकलन गरि राउतको परिवारलाई  रु. ८ लाख दिने समेत जनाए । त्यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे । सेवा नै धर्म हो भन्दै प्रदेश सरकार र केन्द्र सरकारले भ्रष्टाचारलाई अन्त्य गर्दै गरिब दुखी र अपाङ्गको पक्षमा विशेष कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए ।

                      कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहले आफू अपाङ्ग मैत्री वडा बनाउन लागि परेको र अपाङ्ग लाई जुनसुकै बेलामा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

                       प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले नगरपालिकाले अपाङ्गका लागि ठोस निति बनाई कार्यक्रम संचालन गर्ने र अपाङ्गलाई सहयोग गर्नु भनेको ठूलो धर्म हुने बताए ।

                   सो कार्यक्रममा राउतका परिवारलाई देखेर सबैका आँखा रसाएका थिए भने सबैले राउतको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

                  इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको टोली तराईमा व्यापक रुपमा बिधुत चोरी हुने गरेकोले त्यसलाई न्यूनीकरण गर्नका लागि सांस्कृतिक कार्यक्रम गरी अभियान चलाउन आएको बेला कञ्चनरुप ८ बेरियरमा बेल्टार होटल संचालन गर्ने संचालकले ४ दिन सम्म निशुल्क रुपमा बास र खानाको व्यवस्था मिलाई राउतको परिवारसँग भेट गराएका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com