अबैध रुपमा रहेको गाजाको बिरुवा प्रहरीद्वारा नष्ट

सिरहा, कार्तिक २१ गते ।

सिरहाको धनगढीमाई नगरपालिकाबाट बिहीबार अबैध रुपमा रहेको गाजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटीएको प्रहरी टोलीले जिल्ला सिरहा धनगढीमाई नगरपालिका-१२ स्थितमा अन्दाजी २ बिगा खेतबारीमा उम्रिएको गाँजाको बिरुवा अन्दाजी २,१५० (दुई हजार एक सय पचास ) बोट गाँजाको बिरुवा फडानी गरेको छ ।

सो गाजाको बिरुवा स्थानिय बासीको रहोवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com