अवैध रुपमा भंसार छली ल्याउदै गरेको लत्ताकपडा बरामद

पर्सा , २५ असार । पर्सा प्रहरीले अवैध रुपमा भंसार छली ल्याउदै गरेको रु. १ लाख ७८ हजार बराबरको लत्ताकपडा बरामद गरेको छ ।
२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर तथा पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउसो १२ बजेर ३० मिनेटको समयमा बीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरबाट गैर कानुनि तवरले ल्याउँदै गरेको विभिन्न सामानहरु बरामद गरेको हो ।

नेपालबाट भारत तर्फ तथा भारतबाट नेपालतर्फ ओसार पसार कार्य नियन्त्रणको लागि खटिएको प्रहरीको टेलिले आदर्शनगर स्थितबाट थानको कपडा रु. १,८७,००० (रु. १ लाख ७८ हजार) मुल्य बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com