अवैध १ सय ३० कार्टुन सौफी मदिरा बरामद

धनुषा , ९ असोज ।

प्रहरी चौकी मुखियार पट्टी धनुषाबाट खटिएको प्रहरी टोलीले बुधबार १ सय ३० कार्टुन अवैध सोफि मदिरा बरामद गरेको छ ।

सो प्रहरी टोलीले धनुषा जिल्ला मुखियार पट्टी मुसहरनिया -२ स्थित राजिव यादवको घर गोठमा अवैध सोफि मदिरा लुकाइराखेको छ भन्ने विशेष सूचनाको आधारमा सो गोठभित्र खानतलासी गर्दा १ सय ३० कार्टुन सोफि मदिरा बरामद गरी भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com