आईपीएलको उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) को नयाँ सिजन मार्च २९ बाट सुरु हुँदै छ । आईपीएलको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आईपीएलले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल चेन्नाईले मुम्बईको घरेलु मैदानमा वान्खडे स्टेडियममा मार्च २९ मा खेल्नेछ । मार्च २९ बाट सुरु हुने खेलमा लिग चरणको अन्तिम खेल मे १७ मा हुनेछ ।

लिग चरणको खेलपछि शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् । त्यसपछि शीर्ष र दोस्रो टिमबीचको क्वालिफायर विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । तेस्रो र चौंथो टिमबीच इलिमिनेटर खेल हुनेछ । Baaharakhari

खेल तालिका :

 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com