आज घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरी मनाइदैँ

आज आइतबार घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आइतबार बिहान चतुर्दशी र मध्याह्नपछि रातभर औंसी तिथि छ । जसका कारण कुकुरपूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । सोमबार बिहान औंसी तिथि भए पनि बिहान ९ बजेर ४३ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजाको अघिल्लो दिन मनाउन नेपाल पञ्चांग निर्णायक समितिले भनिसकेको छ ।

कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरिने चलन छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घरघरमा बत्ती बाली लक्ष्मी भिœयाइन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यस दिन पनि कसैकसैले लक्ष्मीपूजा पनि गर्ने गर्छन् ।
आइतबारै साँझ भैलो पनि खेलिँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com