आज नेपालमा ३ सय ७८ जना संक्रमित थपिए ; थप ३ जनाको मृत्यु

काठमाडौं, २४ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय ७८ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको छ ।
आजसम्म १६ हजार ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । आज ४ सय ९९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगे‍को छ ।

हालसम्म देशभर ४ लाख ३५ हजार २८९ जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा १० हजार ७९२ जना क्वारेन्टाइनमा छन् भने ६ हजार २०६ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com