आज बटसावित्री अर्थात् बरसाइत पर्व मनाइयो (फोटो फिचर सहित)

सप्तरी । आज मिथिलाञ्चलमा बटसावित्री अर्थात् बरसाइत पर्व मनाइएको छ ।
विशेषगरी यो पर्वमा महिलाहरुले वरको पूजा अर्थना गरी मनाउने गर्दछन्। प्रत्येक वर्ष ज्येष्ठ महिनाको औंसी तिथिमा यो पर्व मनाइने गरिन्छ ।
पतिको दीर्घायुको कामना गर्दै मिथिलाका महिलाले बटसावित्री बरसाइत पर्व मनाएका छन्। पतिको लामो आयु तथा दीर्घायु जीवनको कामना गर्दै सोमबार मिथिला क्षेत्रमा मैथिली विवाहित महिलाले बटसावित्री पर्व मनाएका हुन्।
प्राचिनकालमा सावित्रिले आफ्नो पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएको धार्मिक विश्वास रहिआएको छ।
महिलाहरू बिहानैदेखि उपवास बसेर स्नान गरि नयाँ बस्त्रधारण गरि पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाइ, चना, काँक्रो लगायतका सामग्री लिएर वरको पूजा गरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने गर्दछन् । बिशेषगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धूमधामका साथ यो पूजामा सहभागि हुने गर्छन् ।
यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुःखसुख एकार्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि भने लकडाउनभित्र पर्व मनाउनु परेकाले घरघरै छुट्टाछुट्टै पर्व विधि सम्पन्न गर्नुपरेको स्थानीयहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com