आज यमपञ्चकको पहिलो दिन : काग तिहार , किन कागको पूजा गरिन्छ ?

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यमपञ्चकको आज पहिलो दिन काग तिहार कागको पूजाआजा गरि मनाइन्छ ।

यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ ।
कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । कागलाई यमराजको दूतका रुपमा पूजा गर्ने चलन रहीआएको छ ।
तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । तिहारको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन कागको पूजासँगै सुरु हुन्छ ।
घर आँगनमा आई काग कराएमा खबर ल्याएको विश्वासका साथ शुभ बोल भन्ने चलन छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार, ११ गते सोमबार गोबद्र्धन पूजा र १२ गते मंगलबार भाइटीका परेको छ ।
भगवान विष्णुले ‘बर माग’ भन्दा राजा बलीले ‘पृथ्वीमा पाँच दिन मेरो राज्य होस’ भन्ने बर मागेकै कारण यमपञ्चकमा राजा बलीको राज्यमा जस्तै दीपावली गर्ने, गाउँ सहर सबैतिर झिलिमिली बनाउने गरिन्छ । यमराजको प्रिय काग र द्वारपाल कुकुरको पनि पूजा गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com