आठौं पचशिल्ड प्रतियोगिताको उपाधी पिपराहीलाई

बृजमान तामाङ

बिरेन्द्र बजार, १० कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवन गाउँपालिका वाडा नम्बर ४ मा पुरानो गणेश युवा कल्व बनौलीद्वारा संचालित आठौं पचशिल्ड प्रतियोगिताको उपाधी मनोकामाना युवा कल्व पिपराहीले हात परेको छ ।

आधारभुत बिधालय बनौलीको खेलमैदानमा आईतवार सम्पन्न फाईनल खेलमा एम एस सि युवा क्लब बशन्तपुरलाई ०-२ गोलले पराजित गर्दै पिपराहीले जित हासिल गरेका हुन । दुबै टिमबिच कडा प्रतिस्पर्धा रहेको खेलको पहिलो हापमा बिजयता टिमका जर्सी नम्बर ९ का सुशील यादवले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

खेलको दोश्रो हापमा बिजयता टिमकै जर्सी नम्बर १५ का बिनु मगरले गोल गरेर अग्रता कायमै राखे । उपबिजयता टिमले गोल गर्ने पटकपटक प्रयास गरेपनि असफल भएपछि प्रथम उपाधी पिपराहिको कब्जामा पुगेको थियोे ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवको अध्यक्षतामा आयोजित एक कार्यक्रमको बिच गाउँ पालिका अध्यक्ष पर्शुराम चौधरीले खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरे ।

खेलमा प्रथम टिमलाई नगद १५ हजार, प्रमाणपत्र, मेडल र उपबिजयता टिमलाई नगद १० हजार प्रमाणपत्र , मेडल अध्यक्ष चौधरीले प्रदान गरे ।

खेल समापन कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष श्रीप्रसाद यादव, १ का सुशील कुमार चौधरी, तिरुहुत गाउँपालिका ववा नम्बर ३ का भोगानन्द यादव लगायतका स्थानीय जनप्रतिनिधि, राजनैनिककर्मी, संचारकर्मी लगायतका स्थानीय समाजसेवीहरुको उपस्थिति रहेका थिए । पुरानो गणेश युवा कल्वका अध्यक्ष अशोक कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले गरे । खेलको उत्कृष्ट खेलाडी बिजयता टिमका बिनु मगरलाई घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com