आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था महुलीको १६ औँ साधारण सभा सम्पन्न

उत्सव आचार्य / प्रकाश आचार्य
महुली सप्तरी , २६ माघ । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका –६ स्थित महुलीमा रहेको आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्थाले शनिवार १६ औँ साधारण सभा सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पशुराम चौधरीले आफ्नो गाउँपालिकामा रहेको यस सहकारीले देशमा नै उत्कृष्ट सहकारीको रुपमा चिनाएको बताउँदै चुनौती धेरै हुदा हुँदै पनि सफल सहकारी र देशकै नमूना सहकारी बन्न सकेकोमा धन्यवाद दिदै अझ राम्रो र सफल सहकारी रहोस भन्ने शुभकामना समेत दिए ।
गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले यस सहकारीले किसानहरुका लागि उत्कृष्ट काम गर्दै अगाडि बढेको आउने दिनमा पनि किसानहरुका हितमा राम्रो काम गर्दै जाने विश्वासका साँथै सहकारी १६ औँ वर्षमा प्रवेश गरेकोमा शुभकामना समेत दिइन् ।
वडा नम्बर ६ की वडा अध्यक्ष कुशुम आचार्य , संस्थापक अध्यक्ष भुवन आचार्य , इलाका प्रहरी कार्यालय महुलीका प्रसान्त प्रसाईँ , समाजसेवी चित नारायण यादव , पूर्व गाबिस अध्यक्ष मोतिलाल चौधरी , संचालक , लेखा समिती ,पुर्ब संचालक , पुर्ब लेखा समिती,सल्लाहकार ,संरक्षक लगायतका ले शुभकामना दिएका थिए ।
आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारीमा करिब ७ सय ५० सदस्यहरु रहेका छन् । सोही सदस्यहरु मध्येबाट केहि किसानहरुलाई सर्वोउत्कृष्ट र उत्कृष्ट घोषणा समेत गरिएको थियो । सर्वोउत्कृष्टहरुमा अर्जुन सापकोटा , वेचन यादव , दुर्गानन्द चौधरीलाई जनही क्रमश रु १० हजार , ५ हजार र ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्म्मान गरिएको यियो । त्यसैगरी उतकृष्ट किसानहरु नरायण काफ्ले , रेवती कठेत , यलश्वर निरौला , जानुका खतिवडा , कल्पना निरौला , दिनानाथ साह , गोपी निरौला , तिर्थ अर्याल , रेगु यादव , संगीता पौडेल , मनोमाया भुजेल , झमेली सदा लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष दिपेन्द्र आचार्यले संस्थाको रणरिति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखापाल राजकुमार आचार्यले आर्थिक वर्ष ०७५–०७६ को आयव्यय ५७,९३,२१,८८६.५८ प्रस्तुत गरेका थिए त्यसैगरी लेखा संयोजकले सम्पूर्ण संस्थाको लेखा प्रतिबेदन , डम्बर बस्नेतले डेरिको प्रतिबेदन , दुर्गा प्रसाद भट्टराईले स्कुलको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
संस्थाले अनिता पौडेललाई सर्वोउत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष दिपेन्द्र आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com