आदर्श सहकारी संस्थाद्वारा किसानहरुलाई घाँसको बिउ बितरण

प्रकाश आचार्य
महुली सप्तरी , २१ मंसिर ।
सप्तरीको अग्निसाइर कृष्णसबरन गाउँपालिकामा भेटनरी साखा र आदर्श बहुमुखी सहकारी सस्थाले शुक्रवार किसानहरुका लागि अनुदानमा घाँसको बीउ वितरण गरेको छ ।

अग्निसाइर कृष्णसबरन गाउँपालिका भेटनरी साखाले दिएको घाँसको बीऊमा ८० केजीको ५० प्रतिशत ४० केजी अनुदानमा उपलब्ध गराएको र सो बिउमा आदर्श बहुमुखी सहकारी सस्थाले थप रु १० को अनुदान दिदै ४५०० केजी जै घाँसको बीउ र ३० केजी मा किसानलाई बितरण गरीएको सो सस्थाका अध्यक्ष दिपेन्द्र आचार्यले जानकारी दिएका छन्।

संस्थाले बिगतका बर्षमा कुनै छेत्रबाट सहयोग नहुदा पनि किसानलाई सोही रकममा बीउ उपलब्ध गराउदै आएको तर किसानले मागे जति बीउ उपलब्ध गराउन सकेका थिएनौ तर अहिले गाउँपालिकाको भेटनरी साखाले सहयोग गरेकाले किसानले मागेजती बीउ उपलब्ध गराउन सकेको संस्थाका व्यवस्थापक प्रभुनाथ कोइराले बताए।

यस सहकारीमा करिव ७ सय परिवार किसान पसुपालनमा आवद्ध रहेकाछन् । यस सस्थाले दिनकै ५ हजार लिटर देखि ७ हजार लिटरसम्म दुग्ध संकलन गर्दै आएको र देशै भरिका संकलन केन्द्र भन्दा दुधको मुल्य बढी दिने गरेकाले यस पेसामा किसानको बढी आकर्षण बढेको दूध साखा हेर्नुहुने देवी प्रसाद कोइरालाले जानकारी दिए।

यस संस्थाले हिउदे र बर्षे गरि विभिन्न जातका घाँसको बीउ उपलब्ध गराएपछि पसुपालन गर्न सहज हुने र हरियो घाँसको सहजताले पसुपालन गर्न सजिलो भएको स्थानियहरु बताउँछन् ।
दुई माउ गाईबाट सुरु गरेको ब्यबसाय अहिले तीस माउ गाई र संस्थामा सबै भन्दा बढी दूध दिनको १०० देखि १५० लटिर बेच्न सकेको बताउँछन् संस्थाका सन्चालक तथा किसान अर्जुन सापकोटा ।

गाउँपालिकाले यस्तै सहयोग हौसला तथा कृषि यान्त्रिकरणमा सहयोग प्रदान तथा आर्थिक सहयोग गरेकोखन्डमा प्रदेशकै नमुना पसुपालन छेत्र हुने अगुवा किसान प्रदिप आचार्य बताउँछन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com