आदिवासी जनजाति महासंघ डाक्नेश्वरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

बृजमान तामाङ

बिरेन्द्र बजार, १९ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मंगलबार आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगर समवन्य परिषदद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नगर समवन्व परिषदका अध्यक्ष अर्बिन्द कुमार चौधरीको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा दाशै,तिहार,छ्ठ र समाचकेवा पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा शुभकामना दिदै नगर प्रमुख साहले आदिवासी जनजाति समुदायलाई सहयोग गर्न प्रतिबद्व रहेको बताए । उनले आदिवासी समुदायको समस्या र आबश्यकतालाई आगामी नगरको योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले नेपालमा विभिन्न समुदायले मनाउने पर्वलाई राज्यले सम्मानजनक रुपमा व्यबहार गर्नुपर्ने बताए । सरकारले कुनै एक समुदायको चार्डलाई राष्ट्रिय सम्मान दिने र अन्यलाई निशेध गरेर अपमान गरेको टिप्पणी गरे ।

डाक्नेश्वरी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार यादव, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, डाक्नेश्वरी नगरपालिकाका प्रमुखका प्रत्यासी उम्मेदवार, नारायण यादव, उपप्रमुखका प्रत्यासी उम्मेदवार मिन्तु चौधरीले, आदिवासी जनजाति महासंघ शम्भुनाथका नगर अध्यक्ष श्रीनारायण चौधरी, डाक्नेश्वरी नगरपालिकाका कार्यपालिका सदस्य रामसुन्दर मण्डल, अशोक कुमार चौधरी, धनय मण्डल,रमेश कुमार चौधरी, सरिता चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगर समवन्व परिषदका उपाध्यक्ष रामचन्द्र मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत सल्लाहकार तोषेन चौधरीले गरे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com