आदिवासी जनजाति महासंघ सितापुरको तेश्रो अधिवेशन सम्पन्न

बृजमान तामाङ

विरेन्द्र वजार,२५ माघ ।

नेपाल आदिवासी जनजाति महासंघ वडा समवन्य परिषद अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ सितापुरको तेश्रो अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समवन्य परिषद सितापुरका अध्यक्ष कुशेश्वर प्रसाद चौधरीको अध्यक्षता तथा आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको प्रमुख आतिथ्यमा एक समारोहका वीच अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनले भवानी प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्य वडा समवन्य परिषद निर्विरोध गठन गरेको छ । गठित समितीको उपाध्यक्षहरुमा लघुमाया तामाङ, हर्कमाया मगर, कानन चौधरी, सचिवमा सुर्यमान तामाङ, सह सचिवहरुमा मंजु कुमारी चौधरी, सोभा कुमारी चौधरी, सरिता राई र कोषध्यक्षमा अनिता राई सर्वसम्मत चयन भएका छन ।

Advertisement

समितीको सदस्यहरुमा राजेश चौधरी र रमेश कुमार चौधरी चयन भएको जनाएको छ । अधिवेशनवाट बृजमान तामाङ, कुशेश्वर प्रसाद चौधरी, राम कुमार चौधरी, दुर्गानन्द चौधरी र श्रीकुमारी चौधरी रहेको सल्लाहकार समिती समेत गठन गरेको नव गठित समितीका अध्यक्ष चौधरीले जानकारी दिए ।

गठित समितीका पदाधिकारीलाई जिल्ला अध्यक्ष एवम निर्वाचन मण्डलका संयोजक वृजमान तामाङले सपथग्रहण गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com