आरिफ रोफलाई भोटको अपिल गर्दै रुपनगरका यूवाहरुले निकाले मोटरसाईकल र्‍याली (भिडियो सहित) : ०१ कोर्ड र ३७००० मा सेन्ड

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , १७ मंसिर ।
द भ्वाइस् अफ नेपाल सिजन २ का फाइनल प्रतियोगी प्रदेश नं. २ सिराहा वेलाहाका आरिफ रोफलाई भोटको अपिल गर्दै मंगलवार रुपनगरका यूवाहरुले मोटर साईकल र्‍याली निकालेका छन् ।

रुपनगर चौकबाट निकालिएको र्‍याली कंचनपुर वेरियर बजार तथा नगरको विभिन्न भाग परिक्रमा गरी कञ्चनरुप –१२ स्थित पनगर चौकमा आएर कोण सभामा परिणत भएको थियो ।

आरिफ रोफका फ्यानहरु

सो कार्यक्रममा बोल्दै सौरव अलीले आरिफ रोफ सानै उमेरदेखि गायन क्षेत्रमा लागि विभिन्न प्रतियोगीताहरुमा भाग लिइ आफ्नो नाम उचाईमा पुर्‍याउन सफल भएको र उनले विभिन्न एल्वमहरु समेत निकालेको बताए ।

आरिफ अहिले आएर द भ्वाइस् अफ नेपाल सिजन २ मा प्रवेश गरेर फाइनलमा प्रवेश गरेका छन् । उनलाई मोवाइलको म्यासेजमा गई ०१ कोर्ड र ३७००० मा सेन्ड गरी भोट गरी सफल बनाइदिन अपिल गर्दै आरिफले जितेमा प्रदेश नं. २ को मात्र नभएर नेपाल कै सान बढ्ने बताए ।

बुबा अब्दुल रोफ र आमा बरिदा रोफको कोखबाट २०४६ सालमा जन्मिएका आरिफ रोफ सानै उमेरदेखि अनुशासित र लगनशीलताका साथ गायन क्षेत्रमा लागेका उनीलाई भोट हालि सफल बनाईदिन उनका फ्यानहरुले सबैमा अनुरोध गरेका छन् ।
आरिफकी एक बहिनी समेत रहेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com