इष्ट वेस्ट सिड्स कम्पनीद्वारा कृषिमा आत्मनिर्भर बनाउन विभिन्न हाइब्रीड मकै प्रबर्द्धन कार्यक्रम सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २९ माघ ।

इष्ट वेस्ट नेपालले विगत लामो समयदेखि नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि निरन्तर प्रयासरत छ । आम नेपाली किसानहरूलाई कृषिका लागि चाहिने बीउ , मलखाद , किटनाशक अौषधी लगायत कृषिका लागि चाहिने सम्पूर्ण सामानका साथै कृषि सम्बन्धि परामर्श समेत नेपालका ६६ भन्दा बढी जिल्लाहरुमा उपलब्ध गराउदै आइरहेको छ । 

बिक्रीवितरण र किसान वर्गलाई सहज ढंगले सेवा प्रदान गर्ने उदेश्यले इष्ट वेस्ट नेपालले मलखाद , किटनाशक अौषधी र बीउबिजन बिक्रीका लागि अलगअलग डिभिजन बनाएर काम गर्दै आइरहेको छ । सो कार्यका लागि इष्ट वेस्ट सिड्स कम्पनी प्रालि स्थापना गरि कामलाई तिव्रता दिएको कुरा कम्पनीले जनाएको छ ।

Advertisement

खरवौं रुपैयाँ बराबरको कृषि सामानहरु आयात भइरहेको वर्तमान परीपेक्षमा इष्ट वेस्ट सिड्स कम्पनी प्रालि ले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको र विशेषगरी नेपालमा मकै आयात अधिक भएको र नेपाली किसानको जग्गा बाँझै बसेको निष्कर्ष निकाल्दै बाँझै रहेको जमिनलाई सदुपयोग गरि किसानको आय स्तर बढाउँदै नेपाललाई मकैमा आत्मनिर्भर बनाउने उदेश्यका साथ सहज संगको सहकार्यमा नेपाल पूर्वी जिल्ला झापा , मोरङ , सुनसरी , उदयपुर र प्रदेश २ का सप्तरी , सिरहा , धनुषा लगायत ६ जिल्लामा हाइब्रीड मकै प्रबर्द्धन कार्यक्रम संचालन गर्दै आइरहेको इष्ट वेस्ट सिड्स कम्पनी प्रा.ली. ले देशैभरी आफ्ना सेवाहरु प्रवाह गर्दै आएको भएतापनि मकै खेतीको लागि राम्रो सम्भावना भएपछि प्रयाप्त खेती हुन नसकेका ६ जिल्ला अन्तर्गत ७२ बढी ठाउँहरुमा हाइब्रीड मकै प्रदर्शन गर्ने र विभिन्न प्रशिक्षण कार्यक्रम गर्दै किसानलाई मकै खेतीका लागि उत्प्रेरित गर्ने उदेश्य रहेको प्रा.ली. का संचालक केदार खड्काले बताए । 

सोही अनुरुप हाइब्रीड मकै प्रबर्द्धन कार्यक्रम अन्तर्गत गत शनिबार सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ५ मा हाइब्रीड मकै प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपक चौधरीले प्रालिलाई हाइब्रीड मकै प्रबर्द्धन कार्यक्रमको शुभकामना प्रदान गर्दै यस्ता कार्यक्रमहरुले नेपाली किसानहरुलाई कृषि क्षेत्रमा लाग्न थप उर्जा प्रदान गर्ने र देश कृषि क्षेत्रको सफलता पछि मात्र अगाडि बढ्ने हुनाले आफूले आफ्ना क्षेत्रको किसानहरूलाई मकै खेतीका लागि जुनसुकै सहयोग गर्न तत्पर रहेको बताए ।

कम्पनी प्रा.ली. का गोपाल लम्सालले इष्ट वेस्ट सिड्स कम्पनी प्रालिले नेपाली किसानहरूलाई गर्दै आएको सहयोग , कम्पनीले बजारीकरण गर्दै आएका नेपाल सरकार बीउबिजन गुणस्तर केन्द्रबाट स्वीकृत भएका विभिन्न मकैका प्रजातिका बारेमा विस्तृत जानकारी दिदै हाइब्रीड मकै लगाउने तरिका , उत्पादन , भण्डारण र यसका फाइदाका बारेमा समेत प्रस्ट पारेका थिए भने कम्पनीका कृषि प्राविधिक ललित सिंहले मकै रोप्ने तरिका , किटनाशक अौषधीको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराउदै मकै रोपेर समेत किसानलाई हौसाएका थिए ।

सोही कार्यक्रम अन्तर्गत आइतबार , सोमबार र मंगलबार सप्तरीका विभिन्न ठाउँमा किसानहरुलाई प्रशिक्षण र जनचेतनामूलक कार्यक्रम संचालन गरेको कम्पनीले जनाएको छ ।

सोही अनुरुप सोमबार कञ्चनरूप -१२ रुपनगरमा हाइब्रीड मकैका बारेमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

अगुवा किसान हेमप्रसाद अधिकारी र वमबहादुर श्रेष्ठको जग्गामा प्रति कठ्ठा १० मन भन्दा पनि धेरै उत्पादन हुने जात १० भि १० , टि.सि.एस. ९६९६ उत्पादनको बारेमा प्रदर्शन र परीक्षण गरेर देखाएका थिए ।

इष्ट वेस्ट सिड्स कम्पनी प्रालिका संचालक केदार खडकाले आम किसानलाई कृषिमा प्रोत्साहित गर्न यस्ता कार्यक्रम ६ जिल्ला बाहेक स्थानीय निकायसँग सहकार्य गर्दै अन्य जिल्लामा समेत गर्दै जाने बताए । 

इष्ट वेस्ट सिड्सका गोपाल लम्सालले  नेपाल कृषि क्षेत्रमा पछि पर्नुको कारण कृषि पेशालाई केहि गर्न नसक्नेले गरिन्ने हालेपनि तल्लो पेशाको रुपमा हेरिनु नै रहेको बताउदै उनले भने कृषिजन्य सामानको बढिरहेको आयात घटाउन अहिले बिदेशीरहेका युवाहरूलाई देश फर्किएर कृषि क्षेत्रमा लाग्न कृषिको महत्त्व र धेरै भन्दा धेरै उत्पादन गर्दै बिदेशमा कमाउने पैसा नेपालमा आफ्नै परिवार संग बसेर कमाउन सकिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com