ईन्डोनेसिया माथी शानदार जित निकाल्दै नेपाल महिला स्म्यास टि -ट्वान्टी को फाईनल प्रबेश

टेर्ड थाई मैदान मा भएको सेमिफाइनल खेल मा आज ईन्डोनेसिया ले पहिले ट्स जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गरेको नेपाल ले उत्कृष्ट योगफल खडा गर्ने क्रममा निर्धारित २० ओवर पुरै खेल्दै मात्र ३ बिकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।

सुरुवात बाटै ससक्त ब्याटिङ गरेको नेपाल ले पहिलो बिकेट का रुपमा टिमको स्कोर ३१ रन हुँदा ओपनर काजल श्रेष्ठ लाई ब्यक्तिगत रुपमा १४ रन मा गुमाएको थियो ।

यसपछि भने नेपाल ले एउटा ठूलो साझेदारी गर्यो , सीता राना मगर र ईन्दु बर्मा बिच दोस्रो बिकेटका लागि ७० रनको साझेदारी हुन पुगेपछी नेपाल बलियो स्थिती मा पुगेको थियो ।

दोस्रो बिकेट को रुपमा बिकेट पतन गरिकि सीता ले सर्बाधिक ४८ रन को पारी खेलिन । यस्तै ईन्दु बर्मा ले अबिजित रह्दै ३७ रनको योगदान टिम लाई गरिन । भने नेरि थापा ले ५ रन तथा कप्तान रुबिना क्षेत्री ले २ रन बनाईन ।

यसपछि १ सय २० रनको ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ईन्डोनेसिया नेपाली बलर सामु निरीह साबित हुँदै ११.१ ओवर मा अलआउट हुँदै मात्र २७ रन बनाएपछी नेपाल ले शानदार जित हासिल गरेको हो ।

ईन्डोनेसिया का लागि युलिया को १३ रन नै सर्बाधिक स्कोर हुन पुग्यो ।

ईन्डोनेसिया को ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपाल कि रुविना क्षेत्रि ले सर्बाधिक ३ विकेट लिन सफल भईन , यस्तै सीता राना मगर , सरिता मगर , नेरि थापा र कबिता कुनवार ले पनि समान १/१ बिकेट लिन सफल भए ।

जारी प्रतियोगिता मा नेपाल अपराजित रह्दै फाईनल प्रबेश गरेको हो , समूह “ए ” मा रहेको नेपाल् ले समूह का चार वटै खेल मा शानदार जित निकाल्दै समूह बिजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

ईन्डोनेसिया भने समूह ” बि ” को उपबिजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

अब नेपाल ले प्रतियोगिता को उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग फाईनल खेल्नेछ। अनलाईन खेलखबरबाट

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com