ईलाका प्रहरी कार्यालय कंचनपुरद्वारा १ सय २० लिटर अबैध घरेलु मदिरा नष्ट

बृजमान तामाङ

बिरेन्द्र बजार, १७ पुस । सप्तरीमा बिहीवार ईलाका प्रहरी कार्यालय कंचनपुरद्वारा१ सय २० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय क्षेत्रभित्रका विभिन्न स्थानमा अबैध रुपमा उत्पादन र बिक्री बितरण गरेको मदिरा जफत गरि नष्ट गरेको हो ।

Advertisement
—— पुस १६ गते देखि धमाधम नाम दर्ता भै राखेको छ ——–

प्रहरीले ईलाका प्रहरी कार्यालय कंचनपुरमा स्थानीय पत्रकारको उपस्तिथिमा विभिन्न स्थानबाट बरामद १ सय २० लिटर अबैध मदिरा नष्ट गरेको जनाएको छ ।

अबैध मदिरा उत्पादन र बिक्रीवितरण भएको गोप्य सुचानाको अधारमा घर तथा पसलहरुमा विभिन्न मितिमा छापा मारी बरामद घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्राले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com