ईलाका प्रहरी कार्यालय महुलीमा बिहीबार परिचात्मक कार्यक्रम सम्पन्न

बृजमान तामाङ

बिरेन्द्र बजार , २६ भदौ । ईलाका प्रहरी कार्यालय महुलीले बिहीबार परिचात्मक कार्यक्रमको आयोजना गरेको छ ।

नयाँ ईलाका ईन्चार्ज प्रहरी नायव निरीक्षक प्रशान्त प्रसाद प्रसाईं आएकोले परिचात्मक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्बर ६ का अध्यक्ष कुसुम आचार्य, वडा ४ का अध्यक्ष तेज नारायण यादव, न्यायीक समितिका कार्यबाहक अध्यक्ष हिरासिंह दनुवार लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधी, पत्रकार, व्यापारी ब्याबसायी, स्थानीय समाजसेवीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा नब आगान्तुक ईलाका ईन्चार्ज प्रसाईंलाई चोरी, हात्ती आतंक, अबैध काठ तस्करी, घरेलु मदिरा र लागुऔषध ओसारपसार नियन्त्रण गर्न र शान्तीसुरक्षा कायम गर्न सहभागीले सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com