उदयपुरको त्रियुगाको कालीखोलामा मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते

असोज २९ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-७ कालीखोलामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका-५ देउरी बस्ने २५ बर्षीय दिपेन्द्र राना मगर र पछाडी सवार रहेका २२ बर्षीय शुशिल थापा घाईते भई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकल चालकको राती पौने १० बजे मृत्यु भएको र अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com