उपचार बिनै सकिने भो चौधरीले ब्यबसायिक रुपले पालेको बंगुर

बृजमान तामाङ

बिरेन्द्र बजार,२५ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का कुलानन्द प्रसाद चौधरीले ब्याबसायिक रुपले पालेको बंगुर फार्ममा फैलिएको अज्ञात रोगका संक्रमणको समयमा उपचार बिनै बंगुर मरेर सकिने भएको छ ।

रोगको पहिचान नहुनु र सम्बन्धित निकायले समेत रोकथामका लागि चासो नदिदा फार्म रित्तो हुने सम्भावना बढेको हो ।

काम्ने, शरिरको तापक्रम बढ्ने, मुखबाट र्‍याल काढ्ने र गिलो दिशा गर्ने लक्षण देखिएको १ घण्टा भित्र मर्ने गरेको अज्ञात रोगले चौधरीको फार्म ५० वटा भन्दा बंगुर मरिसकेको छ ।

चौधरीको फार्ममा १५ वटामा बंगुरमा संक्रमित देखिएको छ । सानाठुला गरि १ सय १५ वटा बंगुर चौधरीको फार्ममा थिए । अज्ञात रोगका कारण बंगुर मरेको समाचार सार्वजनिक भएपछि पशुस्वास्थ्य प्राबिधिक मंलबार चौधरीको फार्ममा पुगिको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र सप्तरी सिरहाका पशुस्वास्थ्य प्राविधिक सत्य नारायण मण्डल बिहान ८ बजे रोग संक्रमित स्थल पुगेर जानकारी लिएका छ्न । उनले १३ वटा बंगुरको रगत संकलन गरि ल्याबटेष्टका लागि लगेका छ्न ।संकलित रगत पशुपंक्षि रोग अनबेशन प्रयोगशाला जनकपुर पठाउने र रोग पत्ता लगाएर उपचारको ब्यबस्था मिलाउने बिज्ञकेन्द्र सप्तरी सिराहाका प्रमुख फुलगेन यादवले बताए ।

रोग संक्रमित क्षेत्रमा पशुस्वास्थ्य प्राविधिक भोलीदेखि खटाई उपचारको ब्यबस्था मिलाईने प्रमुख यादवले जानकारी गराए । अज्ञात रोगले धमाधम बंगुर मर्नेक्रम नरोकिएपनि रोगको पहिचान नभएको भन्दै सम्बन्धित निकायहरु भने उपचारबाट पन्छिन खोजेका छन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com