उप-सभामुख देबद्वारा शनीदेव दर्शन

बृजमान तामाङ

बिरेन्द्र बजार, ४ माघ । प्रदेश नम्बर २ का उप-सभामुख उपमा देबले शनिबार सप्तरीको चर्चित शनिदेवको दर्शन गरेकी छिन ।

रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित चुरे फेदिमा अबस्थित धार्मिक पर्यटनको रुपमा बिकास भएका चर्चित शनिदेवको उप- सभामुख देवले दर्शन गरेकी हुन ।

धार्मिक भ्रमणमा आएकी देवले शनि मन्दिरमा १ घण्टा पुजा गरेर फर्केकी छिन । देवको आगमन हुने भएपछि स्थानीय बासीले उनलाई भब्य स्वागत गरेको थियो । उनको स्वागतमा वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगर, वडा सदस्य पुष्पा श्रेष्ठ लौगी, मन्दिरका पदाधिकारी लगायत स्थानीय राजनैतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

उप-सभामुख देवले स्थानीय बासीसंग कुराकानी गर्दै शनि देवको समग्र बिकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताईन । शनि देवको दर्शन गरि प्रशन्न हुँदै उप-सभामुख देबले मनोरम स्थल शनि देवको पुर्बाधार बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

२०५३ सालमा पंडित सत्य नारायण साहले शनीको रुख पत्ता लगाएर पुजा आज गर्न शुरु गरेका थिए । बिस्तारै भक्तजनहरुको आगमन बढ्दै गएपछि शनिदेव दर्शन गर्न मन्त्री, सभामुख, साँसद, उच्च पदस्थ कर्मचारी सहितका भिआईपीहरुको समेत धार्मिक गन्तव्य स्थल बन्न थालेको छ ।

पर्यटन बर्षको सुरुवात सङै शनि मन्दिरमा उप-सभामुख देव साथै प्रदेश नम्बर २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनाल, संघीय साँसद एबम पुर्व रक्षा मन्त्री सरद सिंह भण्डारी, जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर याबव सहितका ब्याक्तीत्वहरुले शनिदेवको भ्रमण गरेका छ्न ।

शनि देवको दर्शन गरेपछि मनोकामाना पूरा हुनथालेकाले देश बिदेशबाट भक्तजन हरु आउने गरेका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com