एकसाता देखी १६ वर्षिय वालिका वेवत्ता भएपछी परिवारजनमा चिन्ता

बृजमान तामाङ÷विरेन्द्र वजार, ११ वैशाख । सप्तरीको रुपनी गाउँपालिकाकी एक १६ वर्षिय वालिका एकसाता देखी वेवत्ता भएपछी परिवारजनमा चिन्ताले पिरोलेको छ ।

स्थानीय विष्णुदेव सरदारको छोरी आरती सरदार गत चैत्र ३० गते देखी वेपत्ता भएपछी परिवारजनमा चिन्ता वढेको हो । नौ दिन वित्दा समेत छोरी घर नआएपछी उनका आमा, वुवा र आफान्तजन भोकभोकै भौतारिदै हिडेका छन । आरतीको फोटो वोकेर उनका आफान्तजन प्रहरीचौकी र आफान्तहरुको घरमा खोजतलास गर्दै हिडेका छन । खोज्ने ठाँउ जती सवै चाहारी सके कतै भेटिएन आरतीका वुवा विष्णु देवले भने, घरवाट निस्केको यतिकादिन भयो कसैको सम्पर्कमा पनि छैन । अव काहा जौ ? कठौना वजार कपडा किन्नु जान्छु भनी चैत्र ३० गते घरवाट साँझ ४ वजे गएकी वहिनी घर नफर्कदा उनीलाई सम्झेर आमा डाको छोडेर रुदै हिडेको आरतीको दाजु कृष्णा कुमार सरदारले वताए । वहिनी वेपत्ता भएपछी घरमा चुलो वल्न छोडेको उनले दुखेसो सुनाए । उनले वहिनीको खोजीमा सहयोग गरिदिन संचारकर्मी, मानवअधिकारकर्मी, प्रहरी प्रशासन लगायत सामाजिक संजाल चलाउनेहरुलाई समेत आग्रह गरेका छन । उनले वहिनीको खोजी गरी घरमा शान्तिपुर्ण वातावरण वनाईदिन सवैलाई अपील गरे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com