एकीकृत बस्ती निर्माणमा क्यानेडिन नागारिकको श्रमदान

बृजमान तामाङ

बिरेन्द्र बजार,१ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ स्थिति कटाहा भेडियामा बन्दै गरेको एकीकृत बस्ती निर्माणमा आइतबार क्यानेडिन नागरिकले श्रमदान गरेका छ्न ।

गरिब, अतिबिपन्न समुदायको लागि बन्दै गरेको ५० वटा घर निर्माणमा बिदेशी नागरिकहरु श्रमदान गर्न आएका हुन ।

दाता समेत रहेका बिदेशी नागरिक गरिव, बिपन्नलाई सहयोग गर्नुपर्छ भन्ने प्रोत्साहन गर्न नेपाल आएको महुली सामुदायिक बिकास केन्द्र बक्धुवाका निर्देशक प्रभु नारायण चौधरीले बताए ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका, हयाबिटेट फर हुम्यानिटी नेपाल र महुली सामुदायिक बिकास केन्द्रको त्रिपक्षिय साझेदारीमा निर्माण हुदै गरेको सो बस्तीमा अमेरिकन नागरिकले १ हप्ता श्रमदान गरेर आईतवार स्वदेश फर्किएको चौधरीले जानकारी गराए ।

आइतबार बस्ती निर्माण अस्थलमा आएको क्यानेडियन नागरिकलाई अग्निसाईर कृष्णा सवरनका अध्यक्ष पर्शुराम चौधरी लगायतका साझेदारी संस्थाका पदाधिकारीले स्वागत गरे । क्यानेडिएन नागरिकले ५ दिन सम्म गरिव तथा अतिबिपन्नको घर निर्माणमा श्रमदान गर्ने केन्द्रका अध्यक्ष रामलग मण्डरले जानकारी दिए ।

स्थानीय श्रोत साधनको प्रयोग गरि कम लगानीमा सुरक्षित र सुबिधा सम्पन्न आवास निर्माण हुने भएपछि बिदेशीहरुले चासो देखिएको छ ।

बिदेशीको सहयोगले नेपालीलाई समेत गरिबलाई सहयोग गर्न प्रेणा मिल्ने साबिक प्रशवनी गाबिसका अध्यक्ष रामदेव यादवले बताए ।

आवासको साथै मानवीय जिवनका आधारभुत आबश्यक्ता र समस्य पुर्ती गर्न सजिलो सिद्ध हुने भएकोले सुरक्षित आवास परियोजना समुदायमा लोकप्रय भएको स्थानीयहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com