एक पालिका एक प्राविधिक विद्यालय खोल्ने तयारीमा प्रदेश सरकार रहेको : मुख्य मन्त्री राउत

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ९ चैत्र ।

अहिलेको युगमा सामान्य शिक्षाको अौचित्य नरहेकाले वैज्ञानिक किसिमको प्राविधिक आवश्यक रहेको शनिबार रुपनगरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर २ का मुख्य मन्त्री मो. लालबाबु राउतले बताए ।

पानसमा दिप प्रज्वलन गर्दै

श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक संगीतमय लिलामय श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ २०७५ कञ्चनरूप १२ रुपनगर बसतीपुर श्रावणपुर सप्तरीको समापन गर्दै राउतले सो कुरा बताएका हुन् ।

एक पालिका एक प्राविधिक विद्यालय खोल्ने तयारीमा प्रदेश सरकार रहेको बताउदै छोरी भनेर हेला गर्ने , हेप्ने समय समाप्त भएको र प्रदेश सरकारले महिलालाई ५० प्रतिशत आरक्षण गर्ने कानुन बनाउन लागेको समेत बताए । 

ठूलो उद्योगहरु संचालन गर्ने र २० वर्षसम्म उद्योगीहरुले कर तिर्नुनपर्ने बताउँदै अौद्योगिक एरिया भित्र बन्द हडताल गर्न नपाउने कानुन बनाउन लागेको समेत बताए । 

प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादवले अब पनि विकास नभए कहिले हुने भन्दै भ्रष्टाचार विकासको घातकको रुपमा रहेको हुदा यसको अन्त्य हुनु आवश्यक रहेको बताइन् । पञ्चकन्या धामलाई देशकै सम्पदाको सूचिमा पार्न आफू लागि पर्ने बताइन् ।

सांसद सरिता गिरी

नगर प्रमुख बसन्त कुमारले कोशी टप्पु वन्यजन्तु आरक्षण बाट आउने वन्यजन्तुले पुर्‍याउने गरेको नोक्सानी र आतंकलाई नियन्त्रण गर्न र नगरपालिका भित्र प्राविधिक शिक्षा संचालनका लागि मुख्य मन्त्रीको ध्यानाकर्षण गराए । पर्यटकीय क्षेत्रको विकासका लागि पञ्चकन्या धाम हुदै बन्द्रा , कडिया , धर्मेश्वर , खोतरदेवी हुदै लवली पार्क सम्म नगरपालिकाले सडक विस्तार गर्ने तयारीमा रहेको बताए ।

नगर प्रमुख

स्वागत मन्तव्य पञ्चकन्या विकास प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठले गरेका थिए भने महायज्ञ मुल आयोजक समितिका संयोजक मदन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com