एनटीसी मोबाइलमा समस्या, फोन नलाग्दा सेवाग्राही हैरान

८ चैत, काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्क बिहीबार बिहान केहीबेर अबरुद्ध रह्याे । टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएकाे हाे ।

मोबाइल नेटवर्कमा अाएकाे समस्याले देशभर कै सेवाग्राहीले असुविधा झेले पनि केहीबेर पछि अवरोध हटेको छ ।

मोबाइलमा आकस्मिक रुपमा देखिएको समस्याबारे टेलिकमले औपचारिकरुपमा केही  बताएको छैन । टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

Team KR News