ओली पूरै कार्यकाल प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच स्पष्टरुपमा कार्यविभाजन भएको छ । बुधवार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजको निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पाँच बर्षसम्मै प्रधानमन्त्री बन्ने भएका छन् भने पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सरकारको नेतृत्व ओलीले र पार्टीको नेतृत्व दाहालले गर्ने भएका छन् ।
अध्यक्ष प्रचण्डले सरकार या पार्टी मध्ये एकको जिम्मेवारी आफुलाई दिन निरन्तर दवाव दिदै आएका थिए । गत साउनमा नेकपाका केही नेताको सक्रियतामा दाहाललाई पार्टीको कार्यकारी भूमिका दिन ओली सहमत भएका छन् ।

दुई अध्यक्षबीच सहमति गर्नुभन्दा अघि राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । दुई अध्यक्षबीचको कार्य बिभाजनमा राष्ट्रपतिले भूमिका खेलेको उनी निकट स्रोतले बताएको छ ।
नेकपा सचिवालय बैठकमा मन्त्रीहरुको टुंगो लाग्न सकेन । हटाइने र नयाँ बन्ने मन्त्रीका बिषयमा नेताहरुबीच कुरा नमिलेपछि नाम टुंगो लाग्न नसकेको हो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com