कंचनपुरमा विभिन्न सामग्री वितरण गरी अन्तर्राष्ट्र्रिय आर्ट अफ गिविङ डे मनाइयो

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , ४ जेष्ठ । १७ मई मा पर्ने अन्तराष्ट्रिय आर्ट अफ गिविङ डे हरेक वर्ष जस्तो विभन्न तरिकाले विश्व भर नै मनाउने गरिएको छ ।
सप्तरीको कंचनपुरले यो वर्ष थीम गो ग्रीन भएता पनि कोरोना भाइरस (कोभिड १९) ले गर्दा गो ग्रीन थीम ले आगाडी को लागि राखी , यो वर्ष कोरोना भाइरस सँग लड्न केहि आवश्यक सामानहरु जस्तै सुख्खा खाने कुरा , मास्क, हात धुने साबुन , हाथे पञ्जा, सेनिटाइजर आदि वितरण गरेर मनाएको छ ।

आर्ट अफ गीविङ , कीट विश्वविद्यालय भारत, ओडिशाका संस्थापक तथा समाजसेवी अच्युत समानता को अवधारणा अनुसार कञ्चनरुप नगरपालिकामा आर्ट अफ गिविङ्गंका टिमले इलाका प्रहरी कार्यालय कंचनपुरका सबै प्रहरीलाई मास्क, सेनिटाइजर, हाथे पञ्जा,हात धुने साबुन आदि वितरण गरेका छन् ।
साथै कंचनपुर बेरियरमा ५ सय जना लाई मास्क वितरण गरियो आर्ट अफ गिविङ् नेपाल ब्रान्ड एम्बेसडर रोशन गुप्ताले बताए ।
सम्पूर्ण सामानहरु कंचनरुप नगरपालिकाका समाजसेवी ललन प्रसाद गुप्ताले उपलब्ध गराएका थिए ।
सो कार्यक्रम इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख डिएसपि मकेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यमा तथा नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन कीट विश्वविद्यालयका छात्र आकाश गुप्ताले गरेका थिए भने कीटका छात्र अभय ,सन्तोष तथा कञ्चनपुर आर्ट अफ गिविंग टिमका सदस्य रामभरोषी,सन्तोष, सुरेन्द्र, रुपेश,शंकर ,धीरज, विकाश,मुकेश आदिले सहयोग गरेका थिए ।
सो कार्यक्रमका बारेमा जानकारी आर्ट अफ गिविङ् नेपालका ब्रान्ड एम्बेसडर रोशन गुप्ताले गराएका थिए।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com