कंचनपुर पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ३ कार्तिक ।

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा शनिबार पोखरीमा नुहाउन गएको बेला गोहीको आक्रमणमा परी एक बालबालिकाको मृत्यु भएको छ ।

कञ्चनरूप नगरपालिका वडा नम्बर – ८ कंचनपुर बजार स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा नुहाउन गएकी बालिका गोहीको आक्रमणमा परेकी हुन । नुहाउन गएकी बालिकालाई गोहीले पोखरीमा तानेर बेपत्ता बनाएपछि उनको मृत्यु भएको स्थानियले बताएका छन् ।

मृत्यु हुनेमा कञ्चनरूप – ४ बकाल निवासी दिलीप परियारकी ११ वर्षीया छोरी आशिका परियार रहेकी छन् ।

ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बालिकालाई गोहीले आक्रमण गरेको हो / होइन भन्ने कुरा तत्काल भन्न नसकिने बताए । उनलेे बालिकाको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यस्ता कुराको जानकारी हुने बताए ।

हिजोआज सप्तरी जिल्लामा गोहीको आक्रमण बढेको छ । यसअघि सप्तरीमा गाईवस्तु चराउन गोठाला गएका बेला एक बालकको गोहीको आक्रमणमा परी ज्यान गएको थियो । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका -९ कमलपुर निवासी भुपेन्द्र यादवका छोरा रुपेश कुमार यादव थिए ।

दुई साता अघि गोठाला गएका रुपेशलाई गोहीले नै तानेर कमल दहमा पुर्‍याएको थियो । गोहीले उनी माथि आक्रमण गरी गहिरो भागमा पुर्‍याएको थियो । बेपत्ता भएका उनको खोजी गर्ने क्रममा मृत फेला परेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com