कंचनपुर प्रहरीद्वारा १ लाख मुल्य बराबरको अबैध कपडा तथा मदिरा बरामद

बृजमान तामाङ  

बिरेन्द्र बजार, २५ भदौ ।

ईलाका प्रहरी कार्यालय कंचनपुरद्वारा बुधबार एक लाख मुल्य बाराबरको अबैध कपडा र ठूलो परिणाममा घरेलु मदिरा बरामद गरेको छ ।

पुर्वबाट फत्तेपुर तर्फ जाँदै गरेको बसमा चेकजाँच गर्दा लुकाएर लादै गरेको अबैध कपडा र कंचनपुर नपा ३ बाट घरेलु मदिरा बरामद गरेको हो ।

बरामद गरिएको कपडा

फत्तेपुर जाँदै गरेको बसमा शंका लागेर चेकजाँच गर्ने अक्रममा लुकाएर राखेको अबस्थामा विभिन्न साईजको टि- सर्ट करिब एक लाख बराबरको बरामद गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

यसैगरी प्रहरीले कंचनरुप नपा ३ बाट ५ सय लिटर अबैध मदिरा बरामद गरेको छ। बरामद अबैध मदिरा बुधबारै नष्ट गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्राले जानकारी गराए ।

बरामद गरिएको मदिरा

बरामद भएको अबैध कपडा भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानाएका छ्न

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com