कञ्चनरुपको धारापानी पर्यटकीय स्थलमा प्रमुख र उपप्रमुखले बेलुन उडाएर भ्रमण वर्ष २०२० को शुभारम्भ गरे

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , १६ पुष । कञ्चनरुप नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० महाअभियानलाई बुधवार धर्मेश्वर महादेव धारापानी पर्यटकीय स्थल कञ्चनरुप–१२ धरमपुरमा नगर प्रमुख र उपप्रमुखले संयुक्त रुपमा बेलुन उडाएर शुभारम्भ गरे ।
नगर प्रमुख बसन्त कुमारले धर्मेश्वर महादेव धारापानी पर्यटकीय क्षेत्रको रुपमा संरक्षण एवम् प्रवद्र्धन गर्नमा सहयोग पुर्‍याउनका लागि सबैमा अनुरोध गरे ।
यस क्षेत्रको विकासका लागि नगरपालिकाको श्रोत साधनले मात्र काम गर्न नसकिने भएकाले प्रदेश सरकार र संघिय सरकारले पनि यस क्षेत्रको विकासको लागि ध्यान दिन आवश्यमक रहेको बताए ।
उपप्रमुख निरु पोखरेलले नगरपालिकाले यस क्षेत्रमा टवाइलेटलाई प्रभावकारी रुपमा निमार्ण गर्ने, खानेपानीको राम्रो व्यवस्था मिलाउने , तालको निमार्ण गरी पर्यटकहरुलाई सुविधा दिनका लागि प्याकेजको रुपमा गर्ने बताइन् ।
१ नम्बर देखि १२ नम्बर वडाका वडा अध्यक्षहरु , नगरपालिकाका कर्मचारीहरु, विभिन्न शाखाका कर्मचारीहरु , कार्यपालिकाका सदस्यहरुको समेत सहभागितामा भ्रमण वर्षको शुभारम्भ गरिएको थियो ।
पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य गरी करिव २५ हजार पर्यटकहरु आई भ्रमण वर्ष शुभारम्भको दिन बुधवार वनभोज खाएर गएको पर्यटन क्षेत्रका अध्यक्ष लील बहादुर मगरले बताए ।
पहिलेको भन्दा यसपालि बढी मात्रामा वनभोज खान आएको मगरले बताए ।
भारतको पुर्णिया, फार्मिसगँम, विरपुर , भिमनगर,कुनौली , नेपालको काठमाडौँ , भेडेटार, धरान, इटहरी, इनरुवा , झापा , मोरङ , सप्तरी , सिरहा , उदयपुर जिल्लाबाट उल्लेख्य मात्रामा पर्यटकहरु वनभोज खान आएको पर्यटन क्षेत्रका कोषाध्यक्ष भरत कटुवालले बताए ।

वनभोज खानेहरु

दशैं तिहार लगतै यस ठाउँमा वनभोज खानेहरुको घुँइचो लाग्ने र माघ फागुन सम्म वनभोज खान आइरहन्छन् कात्तिक देखि अहिलेसम्म यस क्षेत्रमा करिब २ लाख आन्तरीक तथा बाह्य पर्यटकहरुले वनभोज खाएको १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले बताए ।
यस पर्यटन क्षेत्र हरियाली वनजङ्गलले भरिएको रमणीय ठाउँ रहेको हुनाले पनि पर्यटकहरुको दिन दिनै भिड बढेर गएको हो । यस क्षेत्रमा प्राकृतिक धारा, धर्मेश्वर महादेवको मन्दिर, परेवा भिर , दोभान , हरिण दह , सहलेश पिडिया , तिरतिरे धाराहरुले सजिएको ठाउँ रहेको छ ।
भारत पुर्णीयाका संजिव साह भन्छन पहिले आउँदा यस ठाउँमा केहि व्यवस्था गरिएको थिएन यसपालि आउँदा निकै राम्रो व्यवस्था भएको पाए यस क्षेत्रमा टवाइलेट र खानेपानीको व्यवस्था भएमा अझ राम्रो हुने र पर्यटकहरुको वृद्धि हुने बताए ।
यस ठाउँ धेरै राम्रो छ म पोहोर साल पनि आएकी थिए यहाँको सौन्दर्य देखेर यसपालि पनि आएको कुरा बताउँछिन् काठमाडौंकी सीमा संग्रौला । 
सबैको साथ र सहयोग रहेमा सप्तरीको मात्र नभएर नेपालकै नमूना पर्यटक क्षेत्र बन्नेमा दुविधा नरहेको बुद्धिजिविहरु बताउँछन् ।
वनभोज खाने पर्यटकिय क्षेत्रमा कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले निशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था मिलाएको थियो भने नगर प्रमुख बसन्त कुमारले वनभोज खान आएका पर्यटकहरुको समस्या बुझ्ने काम गरी त्यसलाई आगामि दिनमा सुधार गर्दै जाने बताए ।

धारापानी पर्यटकीय स्थल
धारापानी पर्यटकीय स्थल

धर्मेश्वर महादेवको मन्दिर

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com