कञ्चनरुपको विष्णु मन्दिर टोलमा प्रहरीद्वारा एक सय ५० गाजाको बोट फडानी गरी नष्ट

उत्सव आचार्य

कञ्चनरूप सप्तरी  , ३ कार्तिक

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर – ९ स्थित विष्णु मन्दिर टोलमा लगाएको एक सय ५० गाजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ९ बजेको समयमा उक्त टोलमा लगाएको गाजाको बोट फडानी गरेको हो ।

फोटो फाइल टेप

गाजा लागूऔषध भएकोले गाजा खेती,उत्पादन, खरिदबिक्री तथा ओसारपसार गर्नेलाई कानुन बमोजिम कार्वाही गरिने ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

उक्त गाजाको बोट बुद्धिजीवी , स्थानीय र सञ्चारकर्मीहरुको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com