कञ्चनरुपद्वारा विभिन्न विद्यालयहरुको बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २१ पुष । कञ्चनरुप नगरपालिकाले सोमवार विभिन्न विद्यालयहरुको बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
कञ्चनरुप– ४ जगतपुर स्थित रहेको राष्ट्रिय आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले सामुदायिक विद्यालयमा गरिब, दलित विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्न आउने भएकाले विद्यालयको स्तरउन्नती , भौतिक पूर्वाधार र गुणस्तरिय शिक्षा पैदान गरी बालबालिकाहरुलाई क्षमतावान बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।
वडा नं. ४ का वडा अध्यक्ष रामनारायण प्रसाद साह , प्रेस सल्लाहकार उत्तम आचार्य , शिक्षा शाखाका संयोजक ललितनारायण यादव , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्गालाल चौधरी , प्रधानाध्यापक रामनारायण साह लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
बालविकास केन्द्रका ४० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो भने विद्यालयले छात्रबृत्ति समेत प्रदान गरेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुली यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी कञ्चनरुप –१२ रुपनगर स्थित रहेको मदर्शा इस्लामियामा १८ जना , राष्ट्रिय आधारभूत विद्यालय बस्तिपुरमा १५ जना , कञ्चनरुप ७ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय घोघनपुर सितापुरमा२२ जना , भृकुटी माध्यमिक विद्यालय आदर्श टोल धरमपुरमा ४१ जना, कञ्चनरुप ६ स्थित रहेको राप्रावि जमुवामा ३२ जना बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको शिक्षा शाखाका संयोजक यादवले बताए भने नगर प्रमुख बसन्त कुमारको नेतृत्वमा गएको टोलीले न्यानो कपडा वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com