कञ्चनरुपमा बाला चतुर्दशीका अवसरमा भव्य कार्यक्रम

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ९ मंसिर ।

बाला चतुर्दशीका अवसरमा सोमबार धर्मेश्वर महादेव मन्दिर संरक्षण तथा पर्यटन क्षेत्र कञ्चनरूप १२ धरमपुरमा भव्य मेला लागेको छ ।

रमाइलो मेला हेर्नेहरुको भिड

सो क्षेत्रमा वर्षको दुई पटक बाला चतुर्दशी र शिव रात्रीमा भव्य मेला लाग्ने गर्दछ ।

पर्यटन क्षेत्र समितिले भेला लागेकै स्थानमा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो ।

सो कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले धार्मिक तथा सांस्कृतिक पर्यटन क्षेत्रको विकास गर्नु सबैको दायित्व रहेको बताए ।

नगर प्रमुख बसन्त कुमार

धर्मेश्वर महादेव मन्दिर संरक्षण तथा पर्यटन क्षेत्र र धारापानी पिकनिक स्पोर्ट्स सारै रमणीय ठाउँ रहेको हुनाले यसको स्तर उन्नति र विकास गरी नेपालकै नमुना पर्यटकीय क्षेत्र बनाउने बताए ।

सो प्रतियोगितामा प्रिम रोज बोर्डिङ स्कुलका अमित राई र आरती मगर प्रथम , लिटिल फ्लावर सेकेण्डरी स्कुल  रुपनगरकी संचिता अधिकारी द्वितीय , कञ्चनरूप १२ धरमपुरका युवराज राई तृतीय भएका थिए भने मेरिना श्रेष्ठ , समीर राई , प्रेक्षा पाण्डे , सुजन पाण्डे , आशिष मण्डल , दीक्षा श्रेष्ठ सान्त्वना भएका थिए ।

विजयीहरुलाई नगर प्रमुख बसन्त कुमारले प्रमाणपत्र र नगद प्रदान गरेका थिए । कार्यक्रम समितिका अध्यक्ष लिल बहादुर मगर ( सोम) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसैगरी बाला चतुर्दशीकै अवसरमा कञ्चनरूप नगरपालिका भित्रका शिवालयहरुमा सदबिज छर्ने भक्तजनहरुको उल्लेख्य मात्रामा भिड रहेको थियो ।

शिवालय मन्दिर

कञ्चनरूप -१२ को रुपनगर चौकको शिवालय प्रगति टोलको त्रिमार्ग शिवालय मन्दिर , धरमपुरको धर्मेश्वर महादेव मन्दिर , बलुवाको भजनेश्वर महादेव मन्दिर , कंचनपुरको शिवालय मन्दिर लगायतका शिवालयहरुमा सदवीज छर्ने भक्तजनहरुको भिड लागेको थियो ।

आफ्ना मृत्यु भएका पितृहरुको सम्झनामा सदवीज छर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com