कञ्चनरुपमा "म हुँ र म गर्छु" भन्ने नाराका साथ विश्व क्यान्सर दिवस कार्यक्रम सम्पन्न

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २१ मघ । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीले मंगलवार कञ्चनरुप १ वैरवा स्थित रहेको स्वास्थ्य चौकीको प्राङ्गणमा “म हुँ र म गर्छु” भन्ने नाराका साथ विश्व क्यान्सर दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले रोग लाग्नु भन्दा पहिले नै रोग लाग्न नदिने उपाय अपनाउनु पर्नेमा जोड दिदै विशेष गरी खानपिनमा विशेष ध्यान दिएमा रोग लाग्ने सम्भावना कम हुने र मानिस समेत स्वस्थ रहने बताए ।
उपप्रमुख निरु पोखरेलले मानिस स्वस्थ रहेन भने उसको घरपरिवारको जीवन कष्टकर भएर जाने भएकाले सरसफाइ र खानपिनमा ध्यान दिई आफ्नो स्वास्थ्यमा ध्यान पु¥याउन आवश्यक रहेको बताइन् ।
प्रमुख प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम ढकाल , वडा नम्बर १ का वडा अध्यक्ष करिम शेष , प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव झा , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले क्यान्सर बिरुद्धको अभियानमा समुदायलाई जागृत गराउने उदेश्यका साथ कार्यक्रमाको आयोजना गरिएको बताए ।
सो कार्यक्रममा उपस्थित सबै जनाको स्वास्थ्य जाँच समेत गरिएको स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताए ।
पदाधिकारी सहित १ सय ५ जना सहभागि अन्तरक्रिया कार्यक्रममा डा. संजिव कुमार झाले सहजीकरण गरेका थिए ।
स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताद्वारा संचालित कार्यक्रमको अध्यक्षता नगर प्रमुख बसन्त कुमारले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com