कञ्चनरुपमा विभिन्न पोखरी , तलाउ तथा नदिहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , २७ कार्तिक ।

सप्तरीको कञ्चनरुप नगरपालिकाको विभिन्न पोखरी , तलाउ तथा नदिहरुमा श्रद्धालु भक्तजनहरुले भव्यताका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाएका छन् ।

कञ्चनरुप – २ बरमझिया स्थित रहेको चौधरी ( पुरनी ) पोखरी , कञ्चनरुप -८ स्थित शिव मन्दिरको पोखरी , बच्चु बाबुको पोखरी , नन्दलाल चौकमा रहेको पोखरी विसनीया चौक नजिक रहेको पोखरी , कञ्चनरुप -१२ रुपनगर स्थित रहेको रुपनगर चौक , चर्खिया , बस्तिपुर , सितापुरमा रहेको पोखरी , धारापानी पर्यटकीय स्थल सुन्दरी नदि लगायत विभिन्न वडामा रहेको पोखरीहरुमा भक्तजनहरु भेला भई भव्यताका साथ अस्ताउदो सूर्यलाई अर्घ दिई छठ माताको पूजा गरि छठ पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

नेता तथा सांसदहरू

बरमझिया स्थित रहेको चौधरी ( पुरनी ) पोखरीमा माननीय सांसद सरिता गिरी यादवले आफ्नै लगानीमा घाटको सरसफाइ गरी राति सोही ठाउँमा जाग्राम बसि छठ पूजा मनाउने व्यवस्था मिलाएको स्थानीय गौरीशंकर झाले बताए ।

सांसद सरिता गिरी

आगामी दिनमा छठ पुजा गर्ने घाटको राम्रो व्यवस्था मिलाउने सांसद गिरीले बताइन् ।

छठ माताको पूजापाठ गर्नाले आफूले चिताएको पुग्ने , रोगव्याध नलाग्ने , सन्तानलाई सुख शान्ति मिल्ने विश्वास रहेको स्थानीय गोमा कोइराला आचार्य व्यक्त गर्छिन् ।

बस्तिपुरमा रहेको पोखरी

सांसद सरिता गिरी र कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले छठ पूजा गर्ने घाटहरुको निरीक्षण समेत गरेका थिए भने सोही क्रममा बसन्त कुमारले आगामी दिनमा नगरपालिकाले छठ पूजा गर्ने घाटलाई व्यवस्थित बनाउने प्रतिबद्धता जाहेर गरे ।

सितापुर छठ घाट

भोलि उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा अन्त्य हुने भक्तजन कविराज पोखरेल बताउँछन् ।

चर्खिया छठ घाट

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com