कञ्चनरुपमा स्वास्थ्य कार्यक्रमहरुको दुई दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ८ असोज ।

कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनामा बुधबार नगरपालिकाको सभाहलमा स्वास्थ्य कार्यक्रमहरुको २ दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले बिरामीले स्वास्थ्यकर्मी खोज्ने होइन स्वास्थ्यकर्मीले बिरामी खोजी सेवा दिनुपर्ने बताए ।

केही समयभित्रै सर्प दंशकको उपचार , २ वटा एम्बुलेन्स र शव वाहन संचालन गर्ने , आमा समूहलाई रोगको बारेमा जानकारी सेवा पुर्‍याउन र स्वास्थ्यको सुधारका लागि नगरपालिकाले जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए ।

नगर प्रवक्ता राजकुमार साह, सल्लाहकार खिलानाथ पोखरेल , प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल , लेखा अधिकृत राजेश राज , स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र प्रसाद यादव , सहभागीको तर्फबाट स्वास्थ्यकर्मीद्वय डा. नरेश शर्मा , बोधराज बराल , विनोद साह लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

स्वास्थ्य शाखाका संयोजक डम्बर प्रसाद गुप्ताले स्वास्थ्य संस्थाको नाममा जग्गा र भवनको व्यवस्थापन , बर्थिङ्ग सेन्टर सबै स्वास्थ्य संस्थामा स्थापना संचालन , शुद्ध खानेपानी संचार , इन्टरनेट सेवा संचालन व्यवस्थापन डाटा भेरिफिकेशन नियमित प्रक्रियाको रुपमा संचालन व्यवस्थापन , गाउँ घर क्लिनिक तथा खोप क्लिनिक को भवन व्यवस्थापन र फर्निचर अौषधीको व्यवस्था , युवा जनशक्ति परिचालन गरी निगरानी समूह गठन तथा परिचालन , नियमित बैठक व्यवस्थित रुपमा मासिक बैठक संचालन र व्यवस्थापन गरेमा नगर नमुना बन्ने जानकारी गराए ।

स्वास्थ्य शाखाका सह-संयोजक आनन्द प्रसाद गुप्ताले नगरपालिकाको स्वास्थ्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहजकर्ताहरु , जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका तथ्यांक अधिकृत दुनियालाल यादव , स्वास्थ्य शाखाका संयोजक डम्बर प्रसाद गुप्ता , सह-संयोजकद्वय आनन्द प्रसाद गुप्ता र सुरेन्द्र प्रसाद यादवले वार्षिक समिक्षा गोष्ठीमा सहजीकरण गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com