कञ्चनरुप नगरपालिकाद्वारा संचालित १ महिने लोकसेवा तयारी कक्षा सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १६ माघ ।

कञ्चनरुप नगरपालिकाद्वारा संचालित १ महिने लोकसेवा तयारी कक्षा बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

***Advertisement

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले युवाहरूको प्रगति उन्नति नभएसम्म नगरको प्रगति हुन नसक्ने बताउँदै युवाहरूको उन्नति प्रगतिका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

अवसर आउँछ त्यसको सदुपयोग गर्न सकेमा अवस्य लक्ष्यमा पुगिने हुदा ध्यान दिएर सिकाएका कुराहरुलाई निरन्तरता दिएमा अवश्य लोकसेवामा पास हुने बताए ।

प्रेस सल्लाहकार उत्तम आचार्यले नगरपालिकाका युवाहरुका लागि लोकसेवा तयारी कक्षा संचालन गर्नु ठूलो महत्त्वको विषय रहेकोले लोकसेवाको तयारीमा लाग्दै नगरपालिकाको रचनात्मक क्रियाकलापमा सहभागी भई युवाहरूकै अगुवाइमा राम्रो काम गरी नमुना युवा बन्न आग्रह गरे ।

प्रशिक्षक उमेश ढकालले यहाँका युवाहरूमा सकारात्मक सोचका साथ लोकसेवाको तयारीमा लाग्ने उत्सुकता आफूले पाएको र नजानेका कुरा सिक्ने र जानेका कुराहरू सिकाउने अवसर पाएको हुदा अवश्य बढी मात्रामा यहाका युवाहरू लोकसेवामा उतिर्ण हुने विश्वास व्यक्त गरे ।

सहभागीको तर्फबाट सिमा कुमारी साहले सिकेका कुराहरू लाई सदुपयोग गर्दै मेहनत गरि देशको असल नागरिक बन्ने र सम्पत्ति सहभागीलाई सोही अनुसार अगाडि बढ्न आग्रह गरिन् ।

थोरै समयमा धेरै पढाइ भएको र प्रशिक्षकले पनि राम्रोसंग बुझाएर पढाउनु भएको साथै नगरपालिकाले लोकसेवाको किताब र स्टेसनरी समेत निशुल्क रुपमा उपलब्ध गराएकोमा खुशी व्यक्त गरिन् ।

नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख राजेश कुमार यादवद्वारा संचालित कार्यक्रमको अध्यक्षता निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज निरौलाले गरेका थिए भने लोकसेवा तयारी कक्षामा २ सय ५० जनाको सहभागीता रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com