कञ्चनरुप नपाद्वारा जीप दुर्घटनामा परि मृत्यु भएका चौधरीको परिवारलाई आर्थिक सहयोग

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २० माघ । कञ्चनरुप नगरपालिकाले सोमवार जीप दुर्घटनामा परि मृत्यु भएका सह–लेखापाल सुरेन्द्र चौधरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले असल, इमान्दार कर्मचारीको रुपमा चिनिनु भएका सह–लेखापाल चौधरीको निधनले आफू अत्यन्तै मर्माहित भएको भाव व्यक्त गर्दै उहाँको निधनले नगरपालिकालाई अपुरणिय क्षति भएको बताउनु भयो ।
उपप्रमुख निरु पोखरेलले चौधरीको स्वभाव अत्यन्तै मिलनसार एवम् नरिसाउने प्रकृतिको भएको स्मरण गर्दै उहाँको निधनले कञ्चनरुप नगरपालिकाको एउटा कर्मठ र निष्ठावान कर्मचारी गुमाएको बताउनु भयो ।
नगर प्रवक्ता राजकुमार साह , वडा नम्बर ६ र ७ का वडा अध्यक्षद्वय मो. जिवरिल , हरिकृष्ण महतो , प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम ढकाल , बालमैत्री स्थानिय शासनका फोकल पर्सन राजेश कुमार यादव । ६ र ७ नम्बर वडाको वडा सचिव मीरा भट्टराई , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
नगर प्रमुख बसन्त कुमारको नेतृत्वमा गएको टोलीले मृतक चौधरीकै निवासमा गई मृतकको बुबा शत्रुधन चौधरीलाई नगद रु. ५० हजार प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com