कञ्चनरुप नपा ८ द्वारा ज्येष्ठ नागरिक र अपाङ्गलाई सिरक , चेवनप्रास र फलफूल वितरण

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , १७ पुष । कञ्चनरुप नगरपालिका वडा नं. ८ ले बुधवार वडा कार्यालय कंचनपुरमा ज्येष्ठ नागरिक र अपाङ्गलाई सिरक , चेवनप्रास र फलफूल वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले ज्येष्ठ नागरिक र अपाङ्गलाई सबैले माया , सम्मान गरेमा सबैको सम्मान हुने बताउँदै जाडो समयमा ज्येष्ठ नागरिक र अपाङ्गलाई कठिनाइ हुने भएकाले सिरक, चेवनप्रास र फलफूल वितरण गरिएको बताए ।

वडा नं. ८ का वडा अध्यक्ष राजकुमार साह

उपप्रमुख निरु पोखरेल , प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम ढकाल , स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादव , शिक्षा शाखाका ललित नारायण याखव , कृषि शाखाका बेचन सढोक यादव , पशु शाखाका दिवाकान्त चौधरी , महिला तथा बालबालिका शाखाका भावना घिमिरे , पंजिकरण शाखाका अप्सरा अधिकारी , वडा नं. ८ का वडा सचिव लोकनाथ लामिछाने लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement —— पुस १६ गते देखि धमाधम नाम दर्ता भै राखेको छ ——

ज्ेष्ठ नागरिक १४ जना र अपाङ्गत १० जनालाई प्रति व्यक्ति १ थान सिरक , १ थान चेवनप्रास र फलफूल वितरण गरिएको वडा नं. ८ का कर्मचारी कविता बस्नेतले बताइन् ।
वडा नं. ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com