कञ्चनरुप ८ कंचनपुरद्वारा विपन्न , गरिब , दलित समुदायलाई ब्लाङ्गकेट (कम्मल) वितरण

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. –८ कंचनपुरले बिहीवार वडा कार्यालयमा विपन्न , गरिब , दलित समुदायलाई ब्लाङ्गकेट (कम्मल) वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै वडा नं. ८ का निमित्त वडा अध्यक्ष संजय पासवानले खासगरी चिसोको कारणले विपन्न, गरिब , दलित समुदायका मानिसहरु कष्टकर जीवन बिताउन बाध्य हुने भएकाले तिनीहरुलाई नगरपालिकाको सहयोगमा वडा कार्यालयले ६० जनालाई ब्लाङ्गकेट (कम्मल) वितरण गरेको बताए ।
वडा सचिव लोकनाथ लामिछाने , कर्मचारी कविता बस्नेत , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
निमित्त वडा अध्यक्ष संजय पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com