कञ्चनरुप - ९ रुपनगरमा खेलमैदान बनाउन पहल शुरु

उत्सव आचार्य

चैत्र १९ , कञ्चनरुप सप्तरी ।

सप्तरीको कञ्चनरुप नगरपालिका – ९ रुपनगर स्थित रहेको खयर वन क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा अन्तर्राष्ट्रिय खेल मैदान ( खेल ग्राम ) बनाउन नगरपालिकाले पहल शुरुगरेको छ ।

नगरपालिकाका प्रमुख बसन्त कुमारको नेतृत्वमा गएको टोलीले सोमबार सोही ठाउँमा (खेलमैदान ) स्थानीय बासिहरु सहित बसि छलफल गरी प्रक्रियालाई अगाडि बढाउने छलफलबाट सहमति भएको छ । करिब २ सय विग्घा रहेको सो ठाउँमा अन्तर्राष्ट्रिय खेलमैदान बनेमा २ नम्बर प्रदेश कै नमुना बन्नेमा स्थायि बासिपको दाबी रहेको छ ।खेलमैदान बनाउन सबै पक्षले खुसी राजिका साथ सहमति जनाएका छन् ।

सो छलफलमा ९ र १२ नम्बर वडाका वडा अध्यक्ष द्वय लक्ष्मण यादव र देवी बहादुर खत्री , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईं , प्रेस सल्लाहकार उत्तम आचार्य , समाजसेवीहरु भुवनेश्वर यादव , बलराम मण्डल लगायत उल्लेख्य मात्रामा स्थानीय बासिहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com